Public Pana
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा ३० हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ ।

पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट पछिल्लो पटक ३० हजार क्विन्टल धान खरिद गरिएको हो । 

यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद प्रक्रिया सुरु गरेको छ ।

सुदूरपश्चिममा पर्ने कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालजन्गबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ । यो वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । 

नेपाल सरकारले निर्धारण गरेको सर्मथन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् ।

मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update