Public Pana
विशेष अदालतमा अध्यक्ष मा टेकनाराण कुँबरलाइ ताेकियाे

सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरुलाई जिम्मेबारी तोक्ने निर्णय गरेको छ। न्याय परिषदको सिफारिस अनुसार उनीहरुलाई तोक्ने निर्णय गरेको हो । 
मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको थियो । परिषद्को बैठकले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । कुँवर उच्च अदालतका न्यायाधीश हुन्।  
त्यस्तै विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको थियो । उनीहरुलाई पनि नियुक्ती गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ। ्खुसीप्रसाद थारु भने सदस्यमा यथावत् छन्। अव प्रधानन्यायाधीशले सपथ गराउदै उनीहरुले जिम्मेबारी सम्हाल्ने छन् । विशेषमा ललिता निवाससहित केही ठुला भ्रष्टाचार मुद्दा विचाराधिन रहेका छन् । 
सैनिक अदालतको अध्यक्षमा पौडेल 
त्यस्तै मन्त्रीपरिषदको वैठकले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ  पौडेललाई तोक्ने निर्णय गरेको छ। सैनिक अदालतमा तीन न्यायाधीशको इजलास हुन्छ । दुई जना सैनिक प्राड विभागवाट सहभागी हुन्छन । सैनिकहरुलाई कोट मार्शलका लागि इजलास गठन हुन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update