Public Pana
मेची–महाकाली यात्रा उद्घाटन गर्न ओली सुदूरपश्चिममा

नेकपा एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्गको पदयात्रा कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा छन् ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएरभोली बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्दैछ ।

सो कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष  शर्मा ओली हिजो मंगलबार साझ कैलालीको धनगढी पुगेका थिए ।

अध्यक्ष ओलीसहितका शीर्ष नेतृत्व कार्यक्रममा सहभागी हुन आज बुधबार बिहानै बैतडीको झुलाघाटका लागि हिँडेका छन्।

एमालेले भोली बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।


एमाले नेता डा.भीम रावल आफ्नै गृहप्रदेशबाट सुरु हुन लागेको पदयात्रामा सहभागी नहुने भएका छन्। पदयात्राको लागि आफूलाई निम्ता नगरिएको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए।

प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए।

bhim-rawal-x-p1701236177.jpg

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update