Public Pana

अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन् ।

‘ऐरी’ मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन् ।  


आज मंगलबार निर्माता टिमले पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । 


फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ। 


जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ’प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन्।


यो फिल्मको छायांकन भारतमै हुनेछ। फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत निर्माण हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update