Public Pana
सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन

काठमाडौं महानगरले सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन भनेको छ ।

केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम अध्ययन गराएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।


काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तक अध्ययन गराउन आग्रह गरेका छन् ।


‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नका लागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ,’ सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ ।’


विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update