कर्णाली प्रदेशको पर्यटन विकासमा बुद्ध एयरको अग्रसर - सूचना सहित

पर्यटनको विकासले नै आर्थिक विकास हुने भन्दै स्थानिय पर्यटकिय स्थलको प्रचारमा बुध्द एयर लागेको छ ।
नेपालको कर्णाली प्रदेश अन्तर्गतका बुलबुल ताल, देउती बज्यै, काक्रे बिहाँर तथा स्थानीय स्वादका लागि सुर्खेत घुमफिर जानैपर्ने सन्देश बुध्द एयरले दिएको छ ।
काठमाडौं सुर्खेत दैनिक २ उडान गरेको बुध्द एयरले सबै नेपालीलाई आन्तरिक पर्यटनमा लाग्नुपर्नेमा जोड दिएको छ ।
कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिममा भएको भूकम्पले पिडित स्थानियवासीको तागत बढाउन सबै अग्रसर हुनुपर्ने बुध्द एयरको अभियान छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १२:४८
प्रतिक्रिया दिनुहोस्