Public Pana
राजतन्त्र फर्किन्छ भन्नु मुर्खता हो माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन् । 


भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् । 


राजतन्त्र इतिहास भइसकेको भन्दै उनले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको तर्क गरे।

‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो ।’


उनले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनीसमेत दिए ।    

 
‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपयो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था ल्याउँछु भन्ने नारा लगाउनु वाहियात हो,’ उनले भने । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए ।

पछिल्लो समय देशको देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्ने बताए ।

‘भूकम्प पीडितको अवस्था दयनिय छ, राहत र उद्धार प्रभावकारी भएपनि पुनस्र्थापना र पुनःर्निर्माण प्रभावकारी भएको देखिदैन,’ उनले भने, ‘सबै मिलेर भूकम्प पीडितको पुनस्र्थापना र पुर्निर्माणमा हातेमालो गर्नुपर्छ ।’
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update