Public Pana
प्रसाईका स्वकीय सचिव  थापासहित दुई दर्जन पक्राउ

गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।


प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ । 


पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का र मेहरमान बस्नेत छन् ।


प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ ।


प्रदर्शनको पहिलो दिन अभियानले बल्खुका प्रदर्शन गरेको थियो। त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ। सहभागीको संख्या भने पातलिँदै गएको छ। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update