Public Pana
धुलिखेलमा आज विहान आगलागी  
घटनास्थल -तस्बिर

काभ्रेको धुलिखेलमा आज विहान आगलागी भएको छ । 

धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी भएको हो। 

घरसँगै नजिकै रहेको एउटा गोठमा मंगलबार बिहान चार बजेदेखि अचानक  आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ। 

अहिले धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

आगलागीको कारण खुलेको छैन। आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update