Public Pana
भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल खुर्कोटमा दुर्घटना

भारतको सिक्किमबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल सिन्धुलीको खुर्कोटमा आज दुर्घटना भएको छ ।


उक्त मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको खुर्कोट प्रहरीले  जानकारी दिए ।

दुर्घटनाबाट मोटरसाइकल चालक सोल्डिम शेर्पा घाइते भएका छन् ।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनको अहिले ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
शेर्पा भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update