Public Pana
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप

व्यवस्था परिवर्तन गर्न भन्दै ५ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल सञ्चालक दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा आज  झडप भएको छ ।


प्रदर्शनकारीहरूले आज सोमवार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो । 


धर्मगुरुलाई अगाडि सारेर प्रसाईं समर्थक र कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update