Public Pana
३ जिल्लामा सीजी मोटर्सको नयाँ शोरुम

सीजी मोटर्सले ग्राहकको सहजताका लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ ।


बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा लिएर आएका हुन् ।  


शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा आउने इभी नेटा भी, ११ सिटर सीजी केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सीजी मोटर्सले विज्ञप्तिमा जनाएको छ ।


कम्पनीका अनुसार सीजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ। मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।


१७० मि मि को ग्राउन्ड किलिरेनश भएको नेटा–भी मा ८ वर्ष अथवा १५०००० हजार किलोमिटरको वारेण्टी रहेको छ। साथै नेपालको सर्वाधिक बिक्रीहुने इे भि भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री वितरण गर्दै आइरहेको छ ।


कम्पनीले चाँडै नै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ ।

हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update