Public Pana
सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधकृतसहित ९ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


नगरपालिकाको वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्रे गर्दा नियमितता गरेको ठहर गर्दै आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।


उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update