Public Pana
जाजरकोटको भूकम्पस्थल सीके राउतका लागि आगामी चुनाव प्रचारको बाटो 

जनमत पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य सीके राउत भूकम्प प्र​भावित क्षेत्र जाजरकोट पुगेका छन् । 

पार्टीका अन्य नेतासँगै राउत जाजरकोट पुगेका हुन् ।

प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् । 


राउतले भूकम्प प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । तराई मधेशकेन्द्रित जनमत पार्टीका सभापति राउतले पहाडी जिल्लामा समेत संगठन विस्तारको योजना बनाएको सो पार्टीका नेताहरू बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update