Public Pana
सभामुख घिमिरेद्धारा संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु
फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु गरेका छन् ।

आज सोमबार केहिबेरअघि समितिका १० सभापतिहरुसँग सभामुखले छलफल शुरु गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा जारी छलफलमा संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल शुरु भएको हो ।


पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोले आज यसबारे समेत छलफल हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update