Public Pana
आगामी पुष २ गते त्रि.वि.को दिक्षान्त समारोह - सूचना सहित 
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको छ ।  


समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन-स्कार्फ-टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।    

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ ।

जसअनुसार छात्रहरूले पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ÷टोपी पहिरिनु पर्नेछ ।

यस्तै छात्राहरूले औपचारिक पोशाक वा साडी,   ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ÷टोपी पहिरिनुपर्नेछ ।

dixhanta1701054928.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update