Public Pana
शीर्ष स्थानमा उक्लियो रियल

रोड्रियो र जुड बेलिङह्यामको गोलको मद्दतले क्याडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।


खेलको १४ औँ मिनेटमा नै रोड्रिगोको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । २२ वर्षीय ब्राजिलियन खेलाडीले दोस्रो हाफको ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।


२० वर्षीय इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामले १० मिनेटपछि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन रियलका लागि उनको १३ औँ गोल थियो । 

लगातार तेस्रो जीतपछि टोलीको ३५ अङ्क रहेको छ ।

दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेलेको छ । उसको ३४ अङ्क छ । समान ३१ अङ्क भए पनि एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा रहेका छन् ।


 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update