Public Pana
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुखको टोली लाग्यो अष्ट्रेलिया 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात वटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न केहिबेरअघि अष्ट्रेलिया लागेको हो ।


संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमणका लागि टोली लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ​


यूएनडीपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।​

तिमिल्सिनाको नेतृत्वको टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Ganesh-timilsina_Austraila-Tour1701070645.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update