Public Pana
पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको गाडीमा तोडफोड

पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ ।


ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो ।


यसअघि आजै आइतबार नै ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले फुङलिङस्थित भट्टराईको निवासअगाडि प्रदर्शन गरेका थिए ।


दशैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला पुगेका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update