Public Pana
करण जोहरको प्रोडक्सन हाउसले सलमान खानको ‘द बुल’  बनाउने

सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ ।

यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् ।


यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम थियो ।


आगामी प्रोजेक्टमा किक २ र दबंग ४ को नाम पनि समावेश गरिएको छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।


द बुल फिल्ममा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो शेड्युलको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैँले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।


फिल्म शेरशाह निर्देशक विष्णु वर्धनको पहिलो निर्देशित फिल्म थियो । यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल ज्युरी अवार्डबाट सम्मानित भए । 


अवार्ड पाएपछि विष्णु वर्धनले आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update