Public Pana
लुम्बिनीसँग गण्डकी पराजित  

केपी ओली कप टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्ररदेशलाई ५ रनले हराएपछि यो समूहबाट एपीएफ क्लव सेमिफाइनलमा पुगेको छ ।


समुह बीको अन्तिम खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको हो ।

यो समूहका तीन वटै टिमले एक–एक खेल जिते पनि रनरेटमा अघि रहँदै एपीएफ समूह विजेता बनेको हो । लुम्बिनीलाई ८४ रनको फराकिलो अन्तरले हराउने । एपीएफ गण्डकीसँग ४ विकेटले पराजित भएको थियो ।


समूहको अन्तिम खेलमा पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।


लुम्बिनीले दिएको १०४ को लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रन बनाउँदै अलआउट भयो ।


लुम्बिनीका लागि धुव्र सुनार र निर सार्कीले समान २३÷२३ रन बनाए । विराट भण्डारी १६ र ओपनर मिर्नाल गुरुङ ११ रनमा आउट भए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ३ विकेट लिएका थिए । चन्द्र पौडेलले २ तथा कप्तान विपिन खत्री, सुदीप अर्याल र दिनेश बुढामगरले १÷१ विकेट लिए ।


लक्ष्य पछ्याउने क्रममा गण्डकीको ब्याटिङ चलेन । गण्डकीका लागि सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए । कप्तान विपिन १९ रनमा क्याच आउट भए । दिनेश बुढा मगर १३ र कमल परियारले ११ रन बनाए ।


लुम्बिनीका लागि मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update