Public Pana
आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा हालेको रिट दुर्गा प्रसाईंद्धारा फिर्ता 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन् ।


अस्ति शुक्रबार प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 


तर प्रसाईंलाई प्रशासनले नजरबन्दमुक्त गरिसकेकाले आफूहरुले निवेदन फिर्ता लिएको भण्डारीले पब्लिकपानासँग बताए । 
गत शुक्रबार काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपछि दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरी आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका थिए ।  


अघिल्लो दिन मंसिर ७ गते बल्खुमा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गर्दा युवा संघसँग झडप भएको थियो । 


हिजो प्रसाईंको समूहले गौशालानजिक सिफल चौरमा गएर सभा गरेको थियो ।

आज आइतबार प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा सांगितिक मेला गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update