Public Pana
सुन चोरी प्रयास गर्ने एक बालक पोखरामा पक्राउ

पोखरामा गए राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् ।


राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए ।


उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।


चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update