Public Pana
नेपाल प्रहरीमा हुँदैछन्, डीएसपीबाट एसपीमा बढुवा 

प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेपछि अब प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवाको बाटो खुलेको छ ।


२०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको तयारी गरेको छ । 


यसअघि २ एसपीको पद रिक्त थियो। तर केही दिनअघि मात्रै ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन्। रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुने अहिले एसपीहरु प्रतिस्पर्धामा छन् । 


जसअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन्। त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन्।

त्यसैगरी क्रमश यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए ।


यही ब्याचका, तर छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन्। इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update