Public Pana
नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक  गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।


हिजो शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।


पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएको परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिले जानकारी दिइन् ।


यस्तै, हिजो शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३)  प्रतिशत उत्तिर्ण भएका छन् ।


यस्तै, बीएस्सी नर्सिङमा पनि पहिलादेखि नै फेल भएका विद्यार्थीहरु सहभागी भएकाले पनि परीक्षा नतिजा राम्रो नदेखिएको प्रजापतिले बताइन् ।


हिजो शनिबार विहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update