नर्भिक हस्पिटलले दियो एक बर्षमा १ लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा

निजी अस्पतालतर्फ मुलकै अग्रणी हस्पिटलको रुपमा ख्याति कमाएको नर्भिक इन्टरेनशनल हस्पिटलले पछिल्लो एक बर्षमा एक लाख ५८ हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ ।
नर्भिक हस्पिटलले गत आर्थिक बर्ष २०७९।८० को अवधिमा बहिरङ्ग (ओपडी) सेवा तफ १ लाख ४२ हजार, अन्तरङ्ग सेवा (आई.पी.डी.) तर्फ ८ हजार ५ सय, र इमरजेन्सीतर्फ ७ हजार ५ सय बिरामीलाई सेवा प्रदान गरेको हो ।
नर्भिक हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क क्लिनिक, उद्धार तथा उपचारका विविध गतिविधिहरू पनि संचालन गर्दै आएको छ ।
नर्भिकले अष्ट्रेलिया जानेहरुका लागि स्वास्थ्य परीक्षणका साथै युके भिजाका लागि समेत आवश्यक स्वास्थ्य परीक्षण गर्न थालेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्