Public Pana
नर्भिकले सेयरधनीलाई बोनस सेयर र नगद लाभासं गरि झण्डै ४२ प्रतिशत बितरण गर्ने 

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले गत आर्थिक बर्ष २०७९।८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस शेयर र नगद लाभासं गरि ४२ प्रतिशत बितरण गर्ने भएको छ । 

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको यही शुक्रबार काठमाण्डौंमा सम्पन्न साधरणसभाले आर्थिक बर्ष २०७९।८० को मुनाफाबाट २० प्रतिशत बोनस शेयर तथा २२ दशमलव १ प्रतिशत नगद लाभासं (कर सहित) बितरण गर्ने प्रस्ताव पारीत गरेको हो । norvic1700979166.jpg

संस्थाका संस्थापक तथा रणनितिक सल्लाहकार बसन्त कुमार चौधरी र अध्यक्ष राजेन्द्र बहादुर सिहंद्वारा संयुक्त रुपमा उदघाट्न गरिएको उक्त समारोहमा नर्भिक हस्पिटलले गत आर्थिक बर्षमा गरेको आय र व्यायको विवरण समेत सार्वजनिक गरिएको थियो ।

नर्भिक हस्पितालले गत एक बर्षको अवधिमा एक सय ९० करोड रुपैया आम्दानी गरेको छ भने खुद् मुनाफा १२ करोड ५४ लाख रुपैया आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सिइओ अजय कुमार मिश्रले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update