Public Pana
सांस्कृतिक कार्यक्रममा दुर्गा प्रसाईं, प्रर्दशन स्थगित -विज्ञप्ति सहित

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ ।


गत बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो । 


प्रसाईंको अराजक अभिव्यक्तिपछि अस्ति शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो । 


आज आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । 


अभियानको हिजो शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ ।


त्यसको सट्टामा आज सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम भइरहेको छ ।

p1700981341.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update