
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले अष्ट्रेलिया र बेलायत भिसाका लागि आवश्यक स्वास्थ्य परीक्षणसमेत गर्न थालेको जनाएको छ ।
विद्यार्थी तथा भ्रमणका लागि अष्ट्रेलिया र बेलायत जानुपर्दा आवश्यक पर्ने स्वास्थ्य परीषण शुरु गरेको अस्पतालको साधारण सभाले जनाएको छ ।
काठमाडौंमा हालै सम्पन्न साधारण सभाले गत आर्थिक बर्ष २०७९।८० को मुनाफा बाट २० प्रतिशत बोनस शेयर तथा २२.१ प्रतिशत नगद लाभासं (कर सहित) बितरण गर्ने प्रस्ताव पारीत गरेको हो ।
हस्पिटलले आफ्ना बिभिन्न बिभागहरु मार्फत बहिरङ्ग (ओ.पि.डि.) सेवातर्फ १,४२,०००, आई.पी.डी. तर्फ ८,५००, इमरजेन्सीतर्फ ७,५०० बिरामीहरूलाई सेवा प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक शनिबार निःशुल्क क्लिनिक, उद्धार तथा उपचारका विविध गतिविधिहरू पनि संचालन गरीरहेको हस्पिटलले जनाएको छ ।
समीक्षा अवधिमा हस्पिटलले १ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ भने खुद मुनाफा १२ करोड ५४ लाख आर्जन गरेको छ ।
सो समारोहको उद्घाटन संस्थाका संस्थापक तथा रणनितिक सल्लाहकार बसन्त कुमार चौधरी तथा अध्यक्ष राजेन्द्र बहादुर सिहंले संयुक्त रुपमा गरेका थिए ।