Public Pana
महोत्तरीमा रास्वपाको संयुक्त बैठक
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा राखिने भएको छ। 

पार्टीका महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार यही मंसिर ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो ।

बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ। 

तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल एवं निर्णय हुने प्रवक्ता ढकालले नेपालखबरलाई जानकारी दिए। 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update