दिल्ली उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो
त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमानमा पा्रविधिक समस्या देखा परेपछि पुनः काठमाडौं फर्काइएको छ ।
एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।
नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरि काठमाडौं त्रिभूवन विमानस्थलमै फर्काइएको हो ।
विमानमा प्राविधिक समस्या देखा परेपछि हिजो साँझ सााढे ७ बजे पून काठमाडौं फर्काइएको विमानस्थलका प्रवक्ता सुभाष झाले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।
विमानमा समस्या देखापरेपछि जाहाजका यात्रुलाई अहिले होटलमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० ०६:४४
प्रतिक्रिया दिनुहोस्