Public Pana
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा राप्रपाको शक्ति प्रदर्शन 

पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडस्थित इकम कलेज पुगेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा भएको यो कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह हिजो शुक्रबार बेलुकी नै झापा पुगेका थिए । 

 कार्यक्रमस्थलमा हजारौँ समर्थकहरूले पूर्वराजाको पक्षमा नारा लगाएका थिए । 

शाहलाई त्यहाँ बस्नका लागि छुट्टै आसन बनाइएको छ । राजासँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि मञ्चमै देखिएका छन् । 

उनले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् ।

raja1700907821.png

raja-11700907860.png

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update