Public Pana
पोखराले चितवनलाई हरायो

नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ ।

पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे ।

जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update