Public Pana
२० लाख ऋण मिनाहासँगै राजतन्त्र चाहिने प्रसाईसमर्थनको भनाइ

दुर्गा प्रसाईंको आह्वानमा तीन दिनदेखि काठमाडौँमा भइरहेको प्रदर्शनका सहभागीले २० लाखभन्दा तलका ऋण मिनाहा हुनुपर्ने आफूहरूको माग भएको बताएका छन् । 

सोही आश्वासन पाएर आफूहरू चार दिनदेखि काठमाडौँमा बसिरहेको र माग पूरा नहुँदासम्म घर नफिर्किने उनीहरूको भनाइ छ । 

उनीहरूले आफू लघुवित्त पीडित भएको दाबी गरेका छन् ।

गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापना भएमा ऋण मिनाहा हुने भ्रम उनीहरूमा भरेको देखिन्छ । 

अस्ति बिहीबार बल्खुमा प्रदर्शन गरेका उनीहरू हिजो तीनकुनेमा कार्यक्रम गर्न नपाएपछि हाल गौशालानजिक सिफल चौरमा विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update