दुर्गा प्रसाईँको कार्यक्रमस्थल तिनकुनेबाट सर्यो सिफल
गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १२:४९
प्रतिक्रिया दिनुहोस्