Public Pana
अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार यस वर्ष नेपालकी सविता उप्रेतीलाई

नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । 

भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पु¥याउनेमध्ये एक जनालाई पुरस्कार दिने गरेको छ ।


उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताएकी छन् ।

शरीर स्वस्थ र सग्लो भए पनि मस्तिष्कको विकास पूर्ण नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो ।


अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी उप्रेतीले १३ वर्षअघि यस क्षेत्रमा काम गर्न थालेको थिइन् ।  


अटिजम भएका बच्चालाई पढाउन २०६७ मा खोलेको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ बाट ४ सयभन्दा बढी जनाले सेवा पाइसकेका छन्।

अहिले उप्रेतीको विशेष विद्यालयका नरेफाँट, ताथली र गोठाटारमा तीन शाखा छन्, जहाँ ६० विद्यार्थी पढ्छन् ।

दोलखाकी स्थायी बासिन्दा सविता उप्रेती यो पुरस्कार पाउने पहिलो नेपाली हुन् ।


 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update