Public Pana
तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध भने मुद्दा चल्ने

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौंको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् ।

प्रदर्शन स्थलबाट हिजो शुक्रबार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले बताए ।

पूर्व राजाका समर्थक ५ जनाविरुद्ध भने प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।

खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र  आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ । उनीहरू प्रसाईं नेतृत्वको समूहको एटीएफ (एनि टाइम फोर्स)मा आबद्ध भएको आरोप छ ।

खड्का हिजो शुक्रवार बिहान काठमाडौंको फुटुङबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update