Public Pana
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो ।  डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । 
उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।

महिला हिंसा अन्त्य दिवसको ४४ औँ श्रृखला हो र यस वर्षको नारा  UNITE! Activism to End Violence against Women & Girls  हो ।

महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।

यही दिनको सम्झनाका रूपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।

विश्वमा कुनै न कुनै समयमा पुरुष प्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ । 
यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।

हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।

हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि ।

अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । 
आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update