Public Pana
नेपालमा क्यूआर कारोबार बढ्दो  : असोजमा मात्र ,३६ अर्ब भन्दा बढी 

नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असोजको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट मार्फत ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ ।

गत वर्ष २०७९ असोजको तुलनामा चालु वर्षको सोही अवधिमा क्यूआर मार्फत हुने भुक्तानी दुई गुणा भन्दा धेरैले बढेको छ। गत वर्षको असोजमा क्यूआर मार्फत १५ अर्ब ७८ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

एक वर्षको अवधिमा क्यूआर मार्फत हुने भुक्तानी २० अर्ब ४३ करोड ३० लाख रुपैयाँ अर्थात १२९.४७ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले नै डिजिटल भूक्तानीलाई प्रवर्धन गरेसँग यसको विकास पनि बढ्दो छ। अहिले तरकारी पसल, चिया पसल, सपिङ महल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ ।


बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्।

साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोडको प्रयोग बढ्दो क्रममा देखिन्छ ।

मोबाइल बैंकिङ र वालेटको प्रयोग गरेर क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो क्रममा छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update