Public Pana
बर्दियाको गुलरियामा गएराती आगलागी हुँदा ४ जनाको जलेर मृत्यु

 

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

aaglagi1700879149.png

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update