Public Pana
अशोकराज सिग्देल रथीमा बढुवा सिफारिस  

नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरिएको छ ।

आज शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो ।


यस लगत्तै सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न भनेका छन् ।

बेनामी उजुरी उपर कुनै कारबाही नहुने र परिचयसहित उजुरी दिनेको गोपनीयता कायम रहने जनाएको छ । रथी बढुवासँगै उपरथी सिग्देल आगामी वर्ष भदौबाट प्रधान सेनापति बन्ने लाइनमा हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update