Public Pana
काठमाडौँको विजयी सुरुवात

साविक विजेता काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको खेलमा काठमाडौँले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १–० गोल अन्तरले हराएको हो ।  


पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मात्र गोल सम्भव भएको हो । 

काठमाडौँको जितमा राजिव लोप्चनले गरेको गोल नै निर्णायक बन्यो । 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राजिवले छैटौंँ मिनेटमा नै गोल गर्दै काठमाडौँलाई सुरुआती अग्रता दिलाएका थिए ।  


खेलको ५१ औं मिनेटमा कएकुङ्गे जुनिएरको हेडर प्रहार इलामका गोलरक्षक तथा कप्तान विकेश कुथुले बचाए।

त्यसकै रिवाउण्डमा राजिवको पहिलो प्रहार विकेशले विफल पारे। त्यसलगत्तै राजिवले दोस्रो प्रयासमा बललाई पोष्टको जाली चुमाउँदै काठमाडौंलाई अग्रता दिलाए । 

त्यसअघि खेलको पाचौँ मिनेटमा काठमाडौका सोख्रुक एमको फ्रिकीक प्रहार इलामका गोलरक्षक विकेश कुथुले सहजै बचाए । 

खेलको १३ औं समनेटमा इलामका अमाथ नदावको प्रहार काठमाडौका गोलरक्षक अविशेक बरालले सहजै बचाए। १७ औं मिनेटमा इलामका जितेन्द्र कार्कीको फ्रिकीक सेकेण्ड बारमा लाग्दै बाहिरियो। 

खेलको ८१ औं मिनेटमा इलामका फोडे कामाराको लामो प्रहार पोष्टको माथिबाट बाहिरिला बराबरीको मौका गुमायो । 

एनएसएलमा भोलि शनिबार दुई खेल हुनेछन्। शनिबारको पहिलो खेलमा पोखरा थन्डर्स र एफसी चितवन दिउँसो १ बजे भिड्नेछन् । 

दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी साँझ साढे ५ बजे खेल्ने तालिका छ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update