Public Pana
सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् :  उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्य सञ्चालकको काम गर्ने शैलीबाट नागरिक खुसी नभएको बताएका छन् ।


काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र दलहरूले काम गर्ने तौरतरिकालाई सुधार गर्न जरुरी भएको बताए ।


सुशासन र समय सापेक्ष जनताको चाहना र अपेक्षालाई केन्द्रविन्दुमा राखेर तीव्र गतिमा काम गर्ने तौरतरिकालाई सुधार गर्नुपर्ने मन्त्री खड्काको जोड छ ।


नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजलाई गलत दिशामा लगिरहेको भन्दै उनले त्यसतर्फ आफूहरू सजग र सुधार्नुपर्ने कुरामा सचेत रहेको पनि बताए ।


एनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update