Public Pana
आफ्नो असफल, दुर्गा प्रसाईको राम्रो भन्ने सन्देश दिन खोजेको आरोप एमाले नेता महेश बस्नेतको

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।


युवा संघको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष बस्नेतले साम्राज्यवादीलाई खुशी पार्नका लागि युवा संघ र अनेरास्ववियुलाई कमजोर देखाउन दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफ्नो कार्यक्रम असफल भएको भ्रम फैलाइएको बताए । 


कार्यक्रममा उनले मुलुकमा साम्राज्यवादी शक्तिहरुले सुँढ पसारिरहँदा उनीहरुविरुद्ध युवा संघ एक्लै लागिरहेको समेत बताए ।


बस्नेतले देशको राजनीतिमा साम्राज्यवादीहरुले प्रभाव जमाइरहँदा कांग्रेस, माओवादी, तरुण दल वाईसिएल कहाँ छ ? भनेर प्रश्न समेत गरे ।


‘आज गणतन्त्रमाथि अपराधीहरुले प्रश्न उठाइरहँदा, पुनरुत्थानवादी शक्तिहरु जागिरहँदा, राजतन्त्रका भुतप्रेतहरु यो समाजमा सल्किरहँदा, साम्राज्यवादी शक्तिहरुले यो मुलुकको राजनीतिमा सुँढ पसारिरहँदा तरुण दल कहाँ छ ? कांग्रेस कहाँ छ ? वाईसिएल कहाँ छ ? माओवादी कहाँ छ ?’ उनले प्रश्न गरे, ‘एक्लो जिम्मा हामीले लिएका छैनौँ ?’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update