Public Pana
पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।


मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।


यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।


आजकै बैठकले  प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update