Public Pana
कपिलवस्तुको तालमा मोटरबोट सञ्चालनमा रोक

कपिलवस्तुको जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ ।


चराको वासस्थान बिथोलिएको, जैविक विविधता र वातावरणमा असर पुगेको भन्दै डिभिजन वन कार्यालयले मोटरबोट सञ्चालनमा रोक लगाएको जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले जनाएको छ । 


कार्तिक २८ गते देखि तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको हो । १५७ हेक्टरमा फैलिएको तालमा हिउँदमा बर्सेनि १५ देखि २० हजार पानी चराले आश्रय लिने गर्छन् । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल नेपालकै दोस्रो पक्षी आरक्ष हो । 


हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया र युरोपबाट चरा आउने गर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update