Public Pana
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक तथा पुरातात्त्विक स्थल तिलौराकोट प्राचीन कपिलवस्तु छिट्टै विश्व सम्पदास्थलमा सूचिकृत हुने बताएका छन् ।


आज तिलौराकोटमा भइरहेको अध्ययन अनुसन्धान र सरसफाइ कामको निरीक्षणपछि मन्त्री किरातीले तिलौराकोटको विकास र संरक्षणका लागि राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सारेर काम भइरहेको बताए ।


तिलौराकोटमा १० वर्षदेखि विदेशी विज्ञ विशेषज्ञको अगुवाइमा भइरहेको पुरातात्त्विक अध्ययन र अन्वेषणले धेरै महत्त्वपूर्ण तथ्य बाहिर ल्याएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रक्रिया गत नोभेम्बरबाट सुरु भइसकेको छ । 


२०२४ को फ्रेबुअरीमा अन्तिम चरणको मनोनयन दस्ताबेज बुझाउने तयारी भइरहेको छ ।

सन् २०२५ सम्ममा विश्व सम्पदास्थलमा सूचिकृत हुने लक्ष्य राखिएको छ । 


तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update