Public Pana
ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।


राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले बुटवल क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषणका साथै सार्वजनिक स्थानमा अस्वाभाविक एवं गैरकानुनी रूपमा मोटरसाइकल स्टन्ट गर्दै सामाजिक सञ्जालहरूमा भिडियो पोष्ट गर्ने ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


केही मोटरसाइकल चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकहरूमा अस्वाभाविक तवरबाट सवारी आवागमनमा वाधा पर्ने गरी समूह बनाई मोटरसाइकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदूषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लङ्घन गर्नुको साथै त्यस्ता अस्वाभाविक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच एवं खोजतलास गरेको थियो ।

उनीहरूमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update