Public Pana
भक्तपुरको पुरानोठिमीमा प्रसाईं समूहद्वारा प्रदर्शन

दुर्गा प्रसाईं नेतृत्वको समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेको छ  ।

काठमाडौंको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरुले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।


प्रसाईं समर्थकहरूले अहिले पुरानो ठिमी कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । अहिले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।


तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रसाईं समूहले हिजो बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा झडप भएको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update