Public Pana
दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो रहेको गृहमन्त्रालयको प्रष्टोक्ती
फाइल तस्बिर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दुर्गा प्रसाईं नजरबन्दमा परेको भन्दै झुटो प्रचार गरेको बताएका छन् ।

शुक्रबार प्रसाईं नजरबन्दमा परेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि गिरीले यस्तो बताएका हुन् ।


‘दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो’ गिरीले भनेका छन् ।

हिजो विहिबारको प्रदर्शनमा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको बताए ।

‘केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको’ गिरीले भने ’प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ ।’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update